सेयर मार्केट्स सूचना प्रविधि English edition रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो २०८३ कात्तिक१७ गते १६:१६ आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । News Summary Generated by OK AI.

Editorially reviewed.

आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ। १७६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमा रोकियो, रसेलले ४ विकेट लिए। विराटनगरका इमरान शेखले ५६, लोकेश बमले ५० र रसेलले अविजित ५२ रन बनाए। १७ कात्तिक, काठमाडौं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो । विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिएका रसेलले खेलमा ४ विकेट लिए । विराटनगरले सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दु२ खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । चार खेलमा जनकपुरको यो दोस्रो हार हो । जनकपुरको पनि ४ खेलबाट ४ अंक नै छ । जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाएपनि जिताउन सकेनन् । उनलाई रसेलले अन्तिम बलमा बसिर अहमदबाट क्याचआउट गराए । ४८ बल खेलेका हसनले २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन जोडे । जनपुरले ३० रन हुँदा सुरुवाती ३ विकेट गुमाएको थियो । तर सेफ हसन र विशाल सुशलिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै जनकपुरको इनिङ्स सम्हालेका थिए । यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा २ चौका र ३ छक्का मदतमा ४३ रन बनाए । विशाल आउट भएपछि जिमी निशमले सेफ हसनलाई साथ दिँदै आक्रमक ब्याटिङ गरेका थिए । निशमले १५ बलमा ३ चौका प्रहार गर्दै २९ रन जोडे । पाँचौ विकेटका लागि हसन र निशमले ५६ रनको अर्धशतकिय साझेदारी गरेका थिए । तर निशमलाई विराटनगरका रुपशे सिंह्यले १९औं ओभरको अन्तिम बलमा आउट गर्दै विराटनगरलाई खेलमा फर्काए । सेफ हसनले अन्तिमसम्म क्रिजमा रहेर जितको प्रयास गरेपनि अन्तिम बलमा आउट हुँदा जिताउन सकेनन् । बलिङमा विराटनगरका लागि आन्द्रे रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । एन्जेलो म्याथुजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । आन्द्रे रसेलले अविजित ५२ रन बनाए । एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे । ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । यस सिजन यो पहिलो शतकिय साझेदारी हो । यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । आक्रमक....